धरानमा विमानस्थल बनाउन सम्भव नरहेकाे अध्ययन टाेलीकाे निष्कर्ष

धरान । धरानमा विमानस्थल निर्माण गर्न प्राविधिक र आर्थिक रुपमा सम्भव नदेखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको अध्ययनले देखाएको छ। विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल सम्भाव्य नभएको निष्कर्ष निकालेको छ। अध्ययन टोलीले स्थलगत अध्ययन गरेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा गत कात्तिक २३ गते…