म्याग्दी । म्याग्दी र बागलुङलाई ढोरपाटन हुँदै पूर्वी रुकुमसँग जोड्ने बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको ट्याक (मार्ग) जोडिएको छ। मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको यो सडक काठमाडौं र पोखराबाट ढोरपाटन तथा पूर्वी रुकुम पुग्न छोटो दूरीको मार्गसमेत हो। संघीय सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको पाँच करोड रुपैयाँ…