सर्लाही। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण कार्य बजेट अभाव र मुआब्जा विवादका कारण ठप्प भएको छ। महोत्तरीको बर्दीवासदेखि रौतहटको चोँचासम्मको ६९ किलोमिटर खण्डमा ट्रयाक निर्माणका लागि ठेक्का लागे पनि काम अघि बढ्न सकेको छैन। रेल योजना कार्यालय लालबन्दीका प्रमुख किरण कार्कीले चालू आर्थिक वर्ष २०८१/८२ मा जम्मा ३३ करोड रुपियाँ बजेट प्राप्त भएको…