पोखरा । सौन्दर्य र पानीरङको राजधानी पोखरालाई शब्दको सहर बनाउने ध्येयका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलमा विगत तीन संस्करणदेखि नेपाल डिस्टिलरीको पनि साथ रहँदै आएको छ । ‘जहाँ शब्दहरु जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले प्रत्येक संस्करणमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रेटी र राजनीतिक…