बालेनले भने- शिक्षा विधेयकमा मेराे पनि विराेध छ, तर पढाइ राेक्न मिल्दैन

काठमाडौँ । प्रस्तावित शिक्षा विधेयकप्रति काठमाडौँ महानगरको पनि असहमति भएको मेयर बालेन साहले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् बालेनले यसबारे प्रतिक्रिया दिएका हुन् । ‘शिक्षा विधेयकमा हाम्रो पनि असहमति छ । लगभग २ लाख ५० हजार हजार विद्यार्थी तथा १० हजारभन्दा धेरै शिक्षक हाम्रो मातहतमा छन्,' उनले भनेका छन्, ‘आधारभूत र माध्यमिक शिक्षा स्थानीय…