काठमाडाैँ । विगत ५ दिनदेखि रोकिएको काठमाडौँको फोहोर प्रहरीकाे सुरक्षामा बञ्चरेडाँडा लगिएको छ । फोहोरका कारण राजधानीमा दुर्गन्ध फैलिन थालेपछि व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन गरिएको हो । शुक्रबार डेढ सय हाराहारी प्रहरीलाई फाेहाेरका गाडीकाे सुरक्षामा पठाइएकाे जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ । काठमाडौँबाटै प्रहरीको स्कर्टिङमा फोहोर बोकेका गाडी बञ्चरेडाँडातर्फ पठाइएको छ । ककनी गाउँपालिका…