सामुदायिक वनका अध्यक्ष थापा पक्राउ

बारा । निजगढ नगरपालिका २ मा रहेकाे वनदेवी सामुदायिक वनका अध्यक्ष पक्राउ परेका छन् । वनको जग्गा अतिक्रमण गरेर भोगचलन गरेको आरोपमा वनदेवी सामुदायिक वन उपभोक्ता समूहका बहालवाला अध्यक्ष सिद्ध बहादुर थापालाई वन कार्यालयले पक्राउ गरेको हो । थापालाई आइतबार नै वन कार्यालयले बारा जिल्ला अदालतमा उपस्थित गराएर ५ दिनको म्याद थप गरेको छ ।…