गहुँ खेतमा एक पुरूष मृत फेला, श्रीमती घाइते

धनुषा । धनुषामा एक जना पुरूष मृत फेला परेका छन्। सोमबार बिहान क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियास्थित गहुँ खेतमा एक पुरूष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन आवले जानकारी दिए। मृतक महोत्तरीको लोहारपट्टी नगरपालिका-३ महदैयाका राधे सहनी छन्। घटनास्थलमा उनकी श्रीमती अस्मिता सहनी पनि घाइते फेला परेकी छन्। अस्मिताको उपचारको लागि जनकपुर प्रादेशिक अस्पतालमा…