रातु नदीमा मनपरी उत्खनन, सरोकारवालाको आपत्ति

महोत्तरी । रातु नदीको पथलैया खण्डमा भएको नदीजन्य पदार्थको उत्खनन प्रक्रियागत नभएको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका छन् । ठेक्का लगाउने प्रक्रियामा स्थानीय सरकारले आफूहरूलाई कुनै जानकारी नगराएको र मनोमानी ढंगले उत्खनन गरेको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका हुन् । राजेश एन्ड ब्रदर्स निर्माण तथा सप्लायर्स भीमेश्वरले नगरसँग ठेक्का सम्झौता गरेसँगै ३ दिनदेखि पथलैया खण्डमा उत्खनन भइरहेको…