चिल्लागढधाममा ५० लाखमा बन्यो फाल्गुनन्दको सालिक

झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढधाममा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन पूर्णकदको सालिक निर्माण गरिएको छ । शिवसताक्षी–९ स्थित चिल्लागढमा रु ५० लाखको लागतमा फाल्गुनन्दको पूर्णकदका सालिक निर्माण गरिएको चिल्लागढधाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष शिशिर तुम्बापोले जानकारी दिए । पूर्णकदको ढुङ्गाका सालिक र सालिक राख्ने स्थानलगायतका संरचनासमेत निर्माण गरिएको उनले बताए ।…