स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा नगर क्षेत्रका दुई वटा सडकलाई उच्च प्राथमिकतामा राखेको छ । स्याङ्जा र पर्वत अन्तर जिल्ला तथा भीरकोट र बिरुवा जोड्ने अन्तर पालिका सडकलाई नगरपालिकाले प्राथमिकतामा राखेको हो । सघन शहरी विकास कार्यक्रम अन्र्तगत प्राप्त २० करोड बजेटबाट पूर्वाधर तर्फ बयरघारी–मोहनडाँडा पुलिभञ्ज्याङ हुँदै स्याङ्जा र पर्वत जिल्ला…