महाेत्तरी । शरीर लगलग कामिरहेको छ । बोल्दा ओठ लरबराइरहेका छन् । कपाल र दारी सेतै फुलेको छ । जंगलको बीचमा एउटा झुल टाँगिएको छ । एक वृद्ध कमजोर शरीर लिएर यही सुनसान अनकन्टार ठाउँमा २२ दिनदेखि एक्लै बसिरहेका छन् । बलवा नगरपालिका वडा-११ रौजाका मोहम्मद एलाही शेख घरबाट निस्किएको २२ दिन भयो ।शेखका अनुसार…