जनप्रतिनिधिबीचको आपसी द्वन्द्वले सर्लाहीका ४ स्थानीय तहमा अझै आएन बजेट

सर्लाही । सर्लाहीका ४ स्थानीय तहले आर्थिक वर्ष २०८०/ ८१ को बजेट अझै सार्वजानिक गर्न सकेका छैनन् । जिल्लाका २० स्थानीय तहमध्ये हरिपूर्वा र हरिवन नगरपालिका तथा चन्द्रनगर र बसरबरिया गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन । ती स्थानीय तहमा जनप्रतिनिधिबीचको आपसी द्वन्द्वका कारण नयाँ बजेट आउन नसकेको जनाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४…