सुर्तीजन्य पदार्थको बेचबिखन रोक्ने महानगरको निर्णयविरूद्ध अदालतको अन्तरिम आदेश

काठमाडौं । सुर्तीजन्य पदार्थको बेचबिखनमा रोक लगाउने विराटनगर महानगरको निर्णयविरूद्ध उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ। सार्वजनिक स्थानमा वा सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन गर्ने ऐनविपरीत हुनेमा बाहेक सुर्तीजन्य पदार्थ गैरकानुनी रूपमा जफत नगर्न–नगराउन भन्दै उच्च अदालतले महानगरविरूद्ध अन्तरिम आदेश जारी गरेको हो। न्यायाधीशद्वय गणेशप्रसाद बराल र ममता खनालको इजलासले पुस २३ गते सोमबार…