मोरङ । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर(३ ले लुडो र क्यारम वोर्ड खेल्न प्रतिबन्ध लगाएको छ । आइतबार बसेको वडा समितिको बैठकले लुडो र क्यारम खेल्न प्रतिबन्ध लगाएको हो । वडाध्यक्ष भीष्म बुढाथोकीले लुडो र क्यारमजस्ता खेलले युवाहरूलाई दुर्व्यसनमा फसाउन सघाउ पुगेको दाबी गर्दै सार्वजनिक स्थानमा लुडो र क्यारम खेल्नेहरूले हल्ला गर्ने गरेको गुनासो आएपछि…