लागूऔषधको मुद्दा मिलाइदिन ३० हजार घुस लिने प्रहरी नायब निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

बर्दिया । बढैयाताल गाउँपालिका ६ मैनापोखरीस्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साउदले लागूऔषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनाका लागि सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवानाको…