बुटवल । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले सडक निर्माणको जिम्मा लिएर वर्षौंसम्म अलपत्र छोड्ने बिरूवा कन्स्ट्रक्सन प्रालिलाई कारबाही गर्न सडक डिभिजन कार्यालय बुटवललाई ध्यानाकर्षण गराएको छ। जिल्ला प्रशासन कार्यालयले पत्र लेख्दै बुटवल बेलहिया सडक आयोजना अन्तर्गत बेलहिया खण्ड नेपाल(भारत सीमा क्षेत्रको सडक स्तरोन्नतिका लागि भएको ठेक्का सम्झौताको कार्य प्रगति अत्यन्तै निराशाजनक रहेको भन्दै सडक डिभिजन कार्यालयको…