उदयपुर । जिल्ला सदरमुकाम गाईघाट क्षेत्रका सीमानाकामा प्रहरीले सवारीसाधन चेकजाँचमा कडाइ गरेपछि पैदल मार्गको प्रयोग गरी लागुऔषध ओसारपसार गर्न थालेका छन् । जिल्ला बाहिरबाट लागुऔषध कारोबार हुने गरेकाले नियन्त्रणका लागि प्रहरीले सीमानाकामा सवारीसाधन चेकजाँचलाई बढाएको थियो । जिल्ला प्रहरी कार्यालय र मातहातका इलाका प्रहरी तथा प्रहरी चौकीले लागुऔषध कारोबार नियन्त्रण गर्न जिल्ला भित्र र बाहिर…