गोरखा । पालुङटार नगरपालिका–८ लामाचौरका २६ वर्षीय महेश पन्त मृत भेटिएका छन् । गोरखा नगरपालिका –१४ अकला मन्दिर नजिकैको आफ्नै होटल ुहिल कटेजुमा पन्त मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठका अनुसार धेरै दिनदेखि सम्पर्कविहीन भएका मृतक पन्तको टाउको र खुट्टामा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखिन्छ ।…