बालकुमारीमा मारिएका वीरेन्द्र र सुजनको शव स्काई ट्रक मार्फत सुर्खेत पठाइँदै

काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याइएको छ । गृह जिल्लामा पठाउन उनीहरूको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले रातोपाटीलाई बताए । दुवै जनाको पाटन अस्पतालमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टम पछि शव विमानस्थलमा लगेर नेपाली सेनालाई…