प्रिन्सिपलको कुटाईबाट विद्यार्थी अस्पताल भर्ना

सिरहा । मिर्चैया नगरपालिका स्थित एक निजी विद्यालयका संस्थापक प्रिन्सिपलले विद्यार्थीलाई मरणसन्न हुनेगरी कुटपीट गरेका छन्। मिर्चैया नगरपालिका ७ मा रहेको अक्षर पाठशालाका संस्थापक प्रिन्सिपल चन्द्रदिप महतोले कक्षा ६ मा अध्ययनरत मिर्चैया १० महेशपुरका विजय कुमार मण्डलका छोरा विशाललाई मरणासन्न हुनेगरी कुटपिट गरेका हुन्। शिक्षकको कुटाईबाट पीठियूँभरी निलडाम भएका मण्डलको मिर्चैयास्थित मंगलम हेल्थ केयर प्रा.लि.मा…