धरान । धरानमा लागुऔषध दुर्व्यसनी बढेको भन्दै स्थानीयहरुले चिन्ता व्यक्त गरेका छन् । लागुऔषधको अवैध ओसारपसार र बिक्री वितरण रोक्न विशेष पहल हुनुपर्नेमा उनीहरु जोड दिन्छन् । विशेषगरी धरानको वडा नं ८ र १५ मा लागुऔषध प्रयोगकर्ताको बाक्लो संख्या रहेको उनीहरु बताउँछन् । गैरसरकारी संस्था र स्थानीय सरकारले सञ्चालन गरेका कार्यक्रम प्रभावकारी नभएको स्थानीय समिर…