यी अस्पतालमा क्यान्सरको उपचार गर्दा ५० हजार छुट

चितवन । बागमती प्रदेश सरकारले ५ अस्पतालसँग क्यान्सर उपचारका लागि सम्झौता गरेको छ । चितवनका ५ अस्पतालमा क्यान्सरको उपचार गर्दा प्रदेश सरकारले ५० हजार बराबरको खर्च व्यहोर्ने भएको हो । यससम्बन्धी सम्झौतासमेत गरिएको छ । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र अस्पतालबीच सम्झौता गरिएसँगै प्रदेशभित्रका बिरामीले ती अस्पतालमा उपचार गर्दा ५० हजार थप छुट पाउने भएका…