महोत्तरी । संविधान दिवसको अवसरमा महोत्तरीका स्थानीय तहले हर्षोल्लासका साथ प्रभातफेरी गरेका छन् । बिहानैदेखि नागरिक समाज, संघसंस्थाहरू, राजनीतिक दलहरूलाई सहभागी गराएर निकालिएको प्रभातफेरीमा उत्साहजनक उपस्थिति थियो । प्रभातफेरीपछि भएको कोणसभामा बोल्दै वक्ताहरूले जनताको लोकतान्त्रिक अधिकार स्थापित गर्न यो संविधान नै उत्कृष्ट भएको विचार व्यक्त गरे । बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले कोणसभालाई सम्बोधन…