कञ्चनपुर । कञ्चनपुरमा सडकमा आक्रमण गरेर लुटपाट गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वेदकोट नगरपालिका–२ दैजी बस्ने २२ वर्षीय कमल चौधरी र २७ वर्षीय राजु डगौरा रहेका छन् । जिल्ला प्रहरी कार्यालयकाअनुसार उनीहरुले शुक्लाफाँटा नगरपालिका–५ स्थित अर्जुनी जंगलमा बुधबार साँझतिर २ जनामाथि आक्रमण गरी कुटपिट गर्दै लुटपाट गरेका थिए ।…