दैलेख । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको दुल्लु नगरपालिका–२ आँपको रुखस्थित भित्री सडक खण्डबाट स्यालातर्फ जाँदै गरेको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । नम्बर नखुलेको ट्याक्टरका चालक दुल्लु नगरपालिका–२ का २५ वर्षीय धर्म महतको घटनास्थलमै मृत्यु भएको हो । कर्णाली लिप्टिङ खानेपानी आयोजनाको सामाग्री पुर्याएर फर्कंदै गर्दा अनियन्त्रित…