फिक्कल । गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका–१ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य ३५ रूपैयाँ मात्र पाए। नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य ४० रुपैयाँ छ तर चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ। किसानले चिया टिप्दा मुना छुट्याएर नटिप्ने र पात धेरै मिसाएर टिप्ने भएका कारण न्यूनतम समर्थन मूल्य नै पाउन…