नारायणगढ–मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा

नारायणगढ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सवारीसाधन रोकेर भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ। विस्फाेट गराउनका लागि प्रक्रिया अगाडि बढाइरहेका वेला अन्तिम प्रयासका रूपमा थालिएको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको हो। सवारीसाधन दैनिक चार घन्टा रोकेर गत पुस ७ गतेदेखि काम भएको छ। मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सवारीसाधन रोकेर…