८० किलो गाँजासहित दुई जना पक्राउ

सुनसरी । सुनसरीबाट ठुलो परिणाममा लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । देवानगंज गाउँपालिका-६ नहरचोकबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-११ बस्ने २९ वर्षीय कुमार तामाङ र ३० वर्षीय राम बहादुर राई रहेका छन् । अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीले…