धनगढी । धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विपन्न नागरिकलाई दाहसंस्कार खर्च दिने भएको छ। आर्थिक समस्याका कारण अन्त्येष्टिमा कसैलाई समस्या नपरोस् भनेर नगरपालिकाले ५ हजार रुपैयाँ दाहसंस्कार खर्च दिने निर्णय गरेको हो। आइतबार बसेको कार्यपालिका बैठकले दाउरा खरिदका लागि विपन्न परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको कार्यपालिका सदस्य एवं वडा नम्बर-३ का वडाध्यक्ष राजबहादुर ऐरले बताए…