कैलाली । धनगढी उपमहानगरपालिका–३ मा विद्युतीय धरापमा परेर गए राति १ महिलाको मृत्यु भएको छ । वन्यजन्तुबाट धान बाली जोगाउनका लागि खेतको आलीमा छोडिएको विद्युतीय धरापमा परेर सोही ठाउँकी अन्दाजी ३२ वर्षीया मञ्जु कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । महिलाको मृत्यु भएपछि खेतमा विद्युतीय धराप राख्ने स्थानीय जंगलिया चौधरीलाई नियन्त्रणमा लिएको…