गाँजा बोकेको एम्बुलेन्ससहित चालक पक्राउ

विराटनगर । प्रहरीले विराटनगर–१८ लाभाघाटबाट गाँजा बोकेको एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिएको छ । मंगलबार राति १० बजे इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले को १ च ४६१९ नम्बरको एम्बुलेन्समा गाँजा लैजाँदै गरेको अवस्थामा चालकलाई पक्राउ गरेको हो । दशगजातर्फ गइरहेको एम्बुलेन्स चेकजाँच गर्दा डिकीमा लुकाएको अवस्थामा २१.५ केजी गाँजा बरामद भएको थियो । राजन अधिकारी फाउण्डेसन…