टिपरले ठक्कर दिँदा १३ जना घाइते

बाँके । बाँकेको कोहलपुर नगरपालिका-३ मैटहवा नजिक टिपरले भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् । सोमबार बिहान पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोहलपुरबाट बाँसगढीतर्फ जाँदै गरेको भे १ ज ७४७ नम्बरको भ्यानलाई पछाडिबाट टिपरले ठक्कर दिँदा घाइते भएका हुन् । घाइते हुनेमा बाह्रबर्दिया नगरपालिका-७की ३१ वर्षीया सुनिता नेपाली, बासगढी नगरपालिका-४ बस्‍ने ३६ वर्षीय रमेश थारू, सुर्खेत…