काठमाडौं । दक्षिण अफ्रिका पहिलोपटक फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा प्रवेश गरेको हो । दक्षिण अफ्रिकाको जितमा थापेलो मासेकोले निर्णायक गोल गरे । थापेलोले ६३औं मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त भयो । चौथोपटक…