काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत शनिबार भएको इजिप्ट र इरानबीचको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ । इरानका लागि यो खेल निकै दुर्भाग्यपूर्ण रह्यो । एक पेनाल्टी चुक्दा र अन्तिममा इन्जुरी समयमा गरिएको गोल अफसाइड भएपछि इरान जित निकाल्नबाट चुकेको हो । खेलको पाँच मिनेटमा इजिप्टका महमुद साबेरले गोल हान्दै टिमलाई अग्रता दिलाएका थिए ।…