काठमाडौँ। उत्तर अमेरिकामा जारी २३ औँ संस्करणको विश्वकप फुटबलमा समूह ‘ए’ देखि ‘एल’ सम्म रहेका १२ वटै समूहको पहिलो चरणका खेल सकिएका छन् । पहिलो खेल सकिँदा फ्रान्स, अर्जेन्टिना, इङ्ल्याण्ड र जर्मनीजस्ता पूर्वविजेता टिमहरु विजयी हुँदा पाँच पटकको विश्व विजेता ब्राजिल र एक पटकको विजेता स्पेन बराबरीमा रोकिए । ब्राजिल मोरक्कोसँग एक–एक को बराबरीमा रोकिएको…