राजदूत नियुक्तिमा समानुपातिक समावेशी सिद्धान्त पालना गर्न सरकारलाई संसदीय समितिको आग्रह

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राजदूत सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिन सरकारलाई आग्रह गरेको छ । मंगलबार बसेको समितिको बैठकले नेपालको संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था र राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ सम्झाउँदै सरकारलाई राजदूत नियुक्तिमा समानुपातिक समावेशी सिद्धान्तमा ध्यान दिई सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराएको हो…