काठमाडौँ- नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले सरकारको किसानप्रति गलत सोच रहेको आरोप लगाएका छन्। शनिबार काठमाडौँमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले उखु किसानलाई दिँदै आएको अनुदान कटौती गरेकोमा आपत्ति जनाए। कोइरालाले सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै भने, "हामीले हाइड्रोपावर र कृषिमा ध्यान दिनुपर्छ। सामान्य खेतीले…