काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन हुने दिन नेताहरूले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । चितवनमा आज रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदै छ । महाधिवेशनमा देशभर तथा विदेशबाट चार हजारभन्दा धेरै महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने रास्वपाले जनाएको छ । सभापतिमा संस्थापक सभापति रवि लामिछाने दोहोरिने निश्चित देखिएका छन् । अन्य पदमा भने तस्वीर…