नेताहरुले माओवादी जनयुद्ध शब्द प्रयोग गर्न हिचकिचाएकोमा प्रचण्ड असन्तुष्ट

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुले माओवादी जनयुद्ध शब्द प्रयोग गर्न हिचकिचाएको भन्दै असन्तुष्टि जनाएका छन् । टीआरसी विधेयकमाथि संसदमा भएको छलफलमा भाग लिँदै बुधबार माओवादी अध्यक्ष प्रचण्डले अहिले पनि नेताहरुले बोल्दा हिंसात्मक द्वन्द्व भन्ने गरेको बताए । ‘माओवादी जनयुद्ध शब्द प्रयोग गर्‍यो भने जात नै जाला जस्तो गर्नुहुन्छ’, उनले अगाडि भने…