काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामुक्त गर्न आदेश दिएको छ।सहकारी ठगी प्रकरणमा थुनामा रहेका उनलाई बिहीबार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रिहा गर्न आदेश दिएको हो। सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा थुनामुक्त गर्न निवेदन दिएका हुन्।आफ्नो भागको…