महासचिव पदमा चर्को प्रतिस्पर्धा : ओली र विद्या प्यानल आमनेसामने

काठमाडौ । आगामी मंसिर २७–२९ मा चितवनमा हुने नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल–उपाध्यक्ष विद्या भण्डारी पक्षबीच कडा प्रतिस्पर्धा हुने पक्का भएको छ। दुवै पक्षले छुट्टाछुट्टै प्यानल बनाउने तयारी गरेका छन् भने अध्यक्षपछिको सबैभन्दा शक्तिशाली मानिने महासचिव पदमा हाइप्रोफाइल नेताहरू आमनेसामने हुने भएका छन्। ओली पक्षबाट महासचिवका बलिया…