रामेछाप पहिरो : ६ जनाको शव भेटियो, ४ जना अझै बेपत्ता

रामेछाप– रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । अविरलको वर्षापछि गएराति गएको पहिरोले चारवटा घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन्। उनले अझै ४ जना बेपत्ता रहेको बताइन् । एकजना बालिका अञ्जना पहरीको घाइते अवस्थामा उद्धार गरिएको…