काठमाडौँ। सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले रास्वपा र राप्रपालाई संसदीय गतिविधि प्रभावित नपार्न आग्रह गरेका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै कर्मचारीमाथि अख्तियारले छानबिन सुरु गर्दा पूर्वाग्रह राखेर राजीनामा मागेको आरोप लगाए । सरकारका प्रवक्ता समेत रहेका उनले भने, ‘कुनै व्यक्तिमाथि पूर्वाग्रह राखेर यति नभए हुँदै हुँदैन भन्ने ढंगले संसदमा प्रस्तुत…