दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ - दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। प्रसाईं चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका कमान्डर हुन्। उनी चैत १५ गतेदेखि नै फरार थिए। बिहीबार उनलाई भारत आसाम…