काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यवाहक सभापति डोलप्रसाद अर्याल डिपी अर्याल बनेका छन्। उपसभापति अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो। ‘उपसभापति अर्याललाई कार्यवाहक सभापति तोक्ने निर्णय सचिवालय बैठकले गरेको छ,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले भने, ‘सभापति लामिछानेको सिफारिसमा अर्याललाई सचिवालय बैठकले कार्यवाहक सभापति तोकेको हो।’ रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा पार्टी…