माओवादीको तराई-मधेश जागरण अभियान चैत ७ गतेबाट सुरु हुने

काठमाडौँ- राजावादीहरूको सक्रियता बढेपछि रोकिएको माओवादीको पूर्व पश्चिम हुलाकी मार्ग केन्द्रित तराई-मधेश जागरण अभियान चैत ७ गतेबाट सुरु हुने भएको छ। पूर्वनिर्धारित कार्य तालिकामा फेरबदल गरेर अभियानलाई अगाडि बढाउने लागिएको हो। रोकिएको अभियान ७ गते बाराबाट सुरु हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए। उनका अनुसार ७ गते बारा, ८ गते पर्सा र ९ गते चितवनमा…