हसिनालाई पदच्युत गराउने २६ वर्षीय दुई युवा युनुस नेतृत्वकाे सरकारमा

काठमाडौं - बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारका सदस्यहरूले शपथ लिएका छन् । युनुससहित नवगठित सरकारका १७ जनाले बिहीबार राति बंगलादेशको राजधानी ढाकास्थित राष्ट्रपति कार्यालय बंगभवनमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । जसमध्ये दुई जना शेख हसिना नेतृत्वको सरकार सत्ताच्युत गर्ने आरक्षण कोटाविरोधी आन्दोलनका अगुवा विद्यार्थी नेता छन् ।…