कांग्रेस छाडेका वीरेन्द्र कनोडियाको पूर्वसहकर्मीसँग बलियो प्रतिस्पर्धा

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं ३ मा रोचक चुनावी माहोल छ । नेपाली कांग्रेसबाट एकल उम्मेदवार सिफारिस पूर्वसांसद वीरेन्द्र कनोडिया उम्मेदवार मनोनयनको केही दिनअघि नेकपा एमाले प्रवेश गरेर चुनावी दौडमा छन् भने नेपाली कांग्रेसबाट यसअघि पनि उम्मेदवार बनेका अभिषेकप्रताप शाह चुनावी दौडमा छन् । चारदशक नेपाली कांग्रेसमा बिताएका कनोडिया एमालेको बलियो सांगठनिक आधार भएको क्षेत्रमा…