काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले जग्गा हडप्ने, नागरिकता कीर्ते गर्ने र सहकारी ठग्नेमाथि कारबाही हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै थापाले उक्त प्रकरणमा संलग्न जतिसुकै शक्तिशाली भएपनि कानुनी दायरामा आउनुपर्ने बताए । बाँसबारी जग्गा प्रकरणलाई लक्षित गर्दै उनले भने, ‘जो सुकै होस् । जति शक्तिशाली होस् । राजनीतिक…