काठमाडौँ- नेपाली कांग्रेसका नेताहरूले पार्टीको आगामी महाधिवेशनका विषयमा चासो र चिन्ता व्यक्त गरेका छन्। बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको आइतबारको बैठकमा बोल्दै नेताहरूले पार्टीको १५औं महाधिवेशनको सुनिश्चितता र कार्यतालिका माग गरेका हुन्। १४औं महाधिवेशन भएको ३० महिना बित्न लाग्दा विधानअनुसार सम्पादन गर्नुपर्ने अधिकांश काम कांग्रेसले अहिलेसम्म सम्पादन नगरेकोमा केन्द्रीय सदस्यहरुले चासो देखाएका छन। महाधिवेशन भएको…